नयाँ नोट वितरण असोज २१ गतेबाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नयाँ नोट वितरण असोज २१ गतेबाट

naya note

काठमाडौं, १७ असोज । नेपाल राष्ट्र बैंकले बडादशैको अवसरमा असोज २१ गतेबाट सर्व साधारणहरुलाई नयाँ नोट वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र उपत्यका बाहिरका विराटनगर, जनकपुर,विरगञ्ज, पोखरा लगायतका विभिन्न स्थानबाट नयाँ नोट सटही हुनेछ ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट असोज २१ देखि २९ गतेसम्म नयाँ नोट सटही गर्न पाईने छ।

रु पाँच, दश, बीस र पचासका नोटहरु दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रति व्यक्ति अधिकतम रु २७ हजारका दरले वितरण गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);