चाडबाडको मुखमा फेरी चिनीको मुल्य आकासियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

चाडबाडको मुखमा फेरी चिनीको मुल्य आकासियो

chini

कोमलप्रसाद दुलाल
काठमाडौं, १८ असोज
। चाडपर्वको मुखमा फेरी चिनीको मुल्य आकासिएको छ । बजारमा एक साता अघि प्रति किलो ६५ रुपैयाँमा पाईने चिनीको मुल्य अहिले ७५ देखि ८० रुपैयाँमा किनवेच भईरहेको हो ।

गत वैशाख महिनामा बजारमा चिनीको मुल्य प्रति किलो ६५ रुपैयाँ थियो । साउन महिनामा घटेर ६४ पुग्यो । असोज १३ गतेसम्म त्यही चीनीको मुल्य प्रतिकिलो ७० थियो । अहिले बजारमा चीनीको मुल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँ सम्म विक्रि वितरण भईरहेको छ । यो तथ्यांक हेर्दा बजारमा एक हप्ताको अवधीमा चिनीमा १५ रुपैया मुल्य बुद्धि भएको छ ।

यस्तो बुद्धि यस पटक मात्र हैन, उपभोक्ताले दशै लाग्ने प्रत्येक वर्ष भोग्दै आएका छन् । आखिर बजारमा कस्ले कालो बजारी गरिरहेको छ ? चाडपर्वको मुखमा ब्यापारीहरुले किन चिनीको मुल्य बढाईरहेका छन् त ?

भारतको जोगबनी नाकामा अहिले प्रतिकिलो ५४ रुपैयाँमा चिनी विक्रि वितरण भईरहेको छ । नेपालमा त्यसको दोब्वर मुल्य छ । सरकारले चिनीमा कोटा प्रणाली लागु गरेकाले भाउँ बढेको व्यापारीहरु बताउँछन् ।

त्यसैगरी, डलरको भाउँ वढेकोले पनि चिनीको मुल्य बढेको सरकारको भनाई छ । देशमा यसअघि पनि डलरको भाउँ वढेका वेला स्थिर देखिएको चिनीको मुल्य चाडपर्वको मुखमा एक्कासी बढ्नुमा सरकार भित्र पनि चलखेल भएको ब्यापारीहरुको आरोप छ ।

बजारमा नेपाली चिनी उद्योगले ४० प्रतिशत माग धानेको छ । ६० प्रतिशत चिनी नेपालले तेस्रो मुलुकबाट आयात गरिरहेको छ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले चिनीमा प्रति किलो ७० रुपैयाँ भन्दा माथि नपुर्‍याउने निर्देशन दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);