मोटरसाइकलको ९९ लट पुगेपछि एकाएक विक्री-वितरण रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मोटरसाइकलको ९९ लट पुगेपछि एकाएक विक्री-वितरण रोकियो

काठमाडौं, १८ असोज । मोटरसाइकलको ९९ लट पुगेपछि एकाएक विक्रीवितरण रोकिएको छ । यातायात व्यवस्था ऐनमा ९९ लट देखि माथि जाने कुनै व्यवस्था नभएकाले तात्कालिन बाग्मति अञ्चल भित्र नयाँ मोटरसाइकल खरिदविक्री रोकिएको हो । जसका कारण चाडपर्वको अवसरमा मोटरसाइकल खरिदका लागि बसेका उपभोक्ताहरु मार्कामा परेका छन्।

यही असोज १६ गतेदेखि ९९ सय लटका सबै नम्बर सकिएपछि नयाँ मोटरसाइकल दर्ता तथा खरिद विक्री प्रक्रिया रोकिएको हो । यातायात व्यवस्था ऐनमा दुई अंकको उच्चतम अंकमा मात्र मोटरसाइकल दर्ता गर्ने भन्ने नियमावलीको समयमै संशोधन नहुँदा मोटरसाइकलको नयाँ दर्ता प्रक्रिया अवरुद्ध भएको हो ।

९९ बाट १०० मा जाँदा ३ अंक हुने र यसबारे ऐनमा कुनै संशोधन नगरिएकाले समस्या उत्पन्न भएको हो । नयाँ शासकिय प्रणाली अनुरुप देश प्रादेशिक संरचनामा गएसंगै आधुनिक प्रविधिमैत्री भनिएको इम्बोष्ड नम्बर प्लेट कार्यान्वयनमा गएकाले सरकारले ऐन संशोधनमा चाँसो नदेखाएको हो ।

तर इम्बोष्ड नम्बर प्लेटका बारेमा सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि त्यो पनि स्थगित छ । यसरी सवै विकल्प बन्द भएपछि बाग्मती अञ्चल क्षेत्रमा सवारी दर्ता अबरुद्ध भएको हो ।

भिडियो हेर्नुहोस् :

विभागले नयाँ मोटरसाइकलको दर्ता खुलाउन यातायात व्यवस्था ऐनको नियमावली संशोधनका लागि तयारी थालिएको छ । उक्त संशोधन प्रस्ताव पास भएपछि कार्यान्वयनमा जाने र तीन अंक अर्थात १०० को लटमा जान सकिने बताइएको छ ।

यद्यपी अहिले नै बजारमा मोटरसाइकल खरिद गर्न आउने ग्राहकका लागि समस्या नरहेको विक्रेताको भनाई छ । आफुहरुसंग स्टक मोटरसाइकलहरु पर्याप्त रहेकाले कार्तिक मसान्त सम्म समस्या नहुने उनीहरुको भनाई छ ।

बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या मात्रै १० लाख पुगेको छ । यातायात व्यवस्था नियमावली मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेपनि कहिले संशोधन हुने हो कुनै टुङ्गो छैन । मन्त्रिपरिषदबाट पारित भएको संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मात्र नयाँ मोटरसाइकल दर्ता सुरु हुने स्पष्ट प्रावधान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);