बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको

bike

काठमाडौं, ८ कात्तिक । सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ ।

यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । ‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली बाधक भएकाले विभागले दर्ता रोकेको हो ।
नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गर्ने तयारी भइसकेकोे छु, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने, संशोधित नियमावली एक दुई दिनभित्रै राजपत्रमा सूचना प्रकाशित गरिनेछ । प्रत्येक लटमा १० हजार मोटरसाइकल दर्ता भएपछि लट परिवर्तन गरिन्छ । सोहीअनुसार बागमती अञ्चलमा दर्ता पुगिसकेको छ ।

‘अब लट नम्बर १०० नै भएर आउँछ, ३ अंकको लट नम्बर अब निरन्तर अघि बढ्छ,’ विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले भने । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);