थप ३ विधेयक ल्याउँदै प्रदेश २ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

थप ३ विधेयक ल्याउँदै प्रदेश २

pradesh 2

जनकपुर, ८ कात्तिक । सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित कार्यक्रममै संघलाई ‘ओभरटेक’ नगर्न चेतावनी दिए पनि प्रदेश सरकार थप ३ विधेयक ल्याउने अन्तिम तयारीमा छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ विधेयकको मस्यौदा तयार भइसकेको र बिहीबार मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति लिइने बताए । ‘यी तीनै विधेयक बुधबारसम्म तयार भइसक्छन् । बिहीबार सैद्धान्तिक सहमति लिइनेछ,’ प्रदेशमन्त्री यादवले कान्तिपुरसँग भने, ‘त्यसपछि प्रदेशसभामा दर्ता गराइनेछ ।’
२७ असोजमा विपक्षी नेकपाको विरोधका बीच नियम निलम्बन गर्दै प्रदेश प्रहरी ऐन प्रदेशसभा बैठकबाट पारित गरिएको थियो । संघीय सरकार मातहत प्रहरीले नटेरेको गुनासो गर्दै प्रदेश सरकारले संघीय प्रहरी ऐनअघि नै प्रहरी विधेयक ल्याएपछि राजनीति तरंगित छ । आजको कान्तिपुरले पहिलो पृष्ठमा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);