प्रदेश २ मा प्रहरी सेवा विधेयक सर्वसम्मतिले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश २ मा प्रहरी सेवा विधेयक सर्वसम्मतिले पारित

जनकपुरधाम, २७ असोज । प्रदेश नम्बर २ ले प्रहरी सेवा विधेयक सर्वसम्मतिले पारित गरेको छ । शनिवार बसेको प्रदेश सभाको बैठकले चार महिना देखि विचाराधिन रहेको प्रदेश प्रहरी सेवा विधेयक सर्वसम्मतीले पारित गरेको हो ।

सरकारले संघीय प्रहरी ऐन नल्याउँदै प्रदेश २ ले प्रहरी ऐन पारित गरेको छ । यो संगै प्रदेश २ ले आफ्नो प्रहरी संगठन निर्माण गर्ने बाटो खुलेको छ । बहुमतले पारित गरेको प्रदेश प्रहरी ऐनलाई नेकपाका प्रदेश सांसदहरुले भने असन्तुष्टि जनाएका छन् ।

उनीहरुले सैद्धान्तिक रुपमा प्रदेश प्रहरी ऐन चाहिन्छ भन्ने मान्यता भए पनि आवश्यक रुपमा छलफल नभएको गुनासो गरेका छन् । प्रदेश प्रहरी ऐन पारित गराउन कांग्रेस, राजपा र संघीय फोरम नेपालका सांसदहरुले सहमति जनाएका थिए । त्यसैगरी, शनिवारको प्रदेश–२ को बैठकले ७ वटा समिति समेत गठन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);