पाँचवर्ष भित्रमा जनकपुरधाममा अामुल परिवर्तन : महतो | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

पाँचवर्ष भित्रमा जनकपुरधाममा अामुल परिवर्तन : महतो

काठमाडौं, २७ असोज । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पाँचवर्ष भित्रमा जनकपुरधामलाई विकास गरेर देखाउने बताएका छन् ।

शनिवार जनकपुरमा पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष मण्डलका सदस्य महतोले अहिले जनकपुरको विकासका लागि बिभिन्न प्रक्रिया शुरु भईसकेको बताए । उनले जनकपुरलाई सफा राख्नका लागि १ सय शुलभ शौचालय बनाउने टेन्डर भईकसकेको जानकारी दिए । त्यसैगरी, २२ वटा पोखरीको सौन्र्दयकरण र सडक निर्माणका लागि काम भईरहेको बताए ।

नेता महतोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा वेला १ सय करोड भारतीय रुपैयाँको सहयोगमा जनकपुरमा अन्तर्राष्ट्रिय स्तरको सभागृह बनाईने र त्यसमा रामायण कथाको चित्रणको व्यवस्था गर्ने काम भईरहेको स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);