पाउजु लुट्न हत्याको प्रयास गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पाउजु लुट्न हत्याको प्रयास गर्ने पक्राउ

जनकपुरधाम । धनुषामा एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको विदेह नगरपालिका- ६ गिद्धा बस्ने ५० वर्षीया जमुन देवीले खुट्टामा लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने स्थानीय ३५ वर्षीय रामभजन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान ११ बजे चौरमा घाँस काटिरहेका बेला जमुनको घाँटीमा छुरा रेटेर महतोले पाउजु लुट्ने प्रयास  गरेका थिए ।

छुरा प्रहारले जमुनको घाँटीमा काटिएर रगत आएको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए ।

अहिले जमुनको स्वास्थ्य अवस्था ठिक रहेको र घटनामा संलग्न महतोलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता तथा नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा महतोले जमुनको पाउजु लुट्न हत्याको प्रयास गरेको खुल्न आएको उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);