लागूऔषधसहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लागूऔषधसहित ६ जना पक्राउ

कपिलवस्तु,१ पुस । अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

बाणगंगा नगरपालिका–२ पिपरा डेरा गरी बस्ने नवलपरासी देवचुली नगरपालिका–२ बस्ने २३ वर्षीय मुक्ति प्रसाद खनाल समेत ६ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ, नगद ३ लाख ८ हजार ८४० रूपैयाँ, मोवाइल ९ थान, सुनको जस्तो देखिने धातुको सिक्री १ थान, माईली तिलहरी १ थान, घण्टी माला १ थान, सुनको जस्तो देखिने औंठी १ थान, चाँदीको जस्तो देखिने धातुको बाला १ थान, पाउजु १ जोडी फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले लु.३९ प ८२८२ नम्बर र लु.३६ प ३९१९ नम्बरका २ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);