अवैध लागूऔषधसहित पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं । कैलाली र पर्सामा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–५ चौरीस्थित पानी ट्याङ्की नजिक सडकबाट खैरो हेटोईन जस्तो देखिने डल्लो पदार्थ सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर सहित ३ जना छन् । उनीहरुको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेटोईन जस्तो देखिने डल्लो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

लु.८३ प २९८३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका–१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध ४ सय ४९ बोतल विनिसिरेक्स कफ सेरूप सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्ने २५ वर्षीय उमेश बल र २२ वर्षीय राज कुमार सेङताङ रहेका छन् । ना.५ ख ३९९० नम्बरको बस चाँच गर्नेक्रममा बसका चालक उमेश र सहचालक राज कुमारलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);