छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ

झापा । झापा मेचीनगर नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका गैरी गाउँ बस्ने २० वर्षीया सन्ध्या दर्जी र अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी बस्ने ३६ वर्षीय सागर गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा सन्ध्याको साथबाट ३ ग्राम र सागरको साथबाट १ ग्राम ७ सय मिलिग्राम उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका–९ झण्डहवाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ४ ग्राम २६० मिलिग्राम र डिजिटल तराजु १ थानसहित सोही ठाउँ बस्ने ३७ वर्षीय मोहमद साईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.१२ प ७७२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका–११ टाउके बजारस्थित नेपाल भारत सिमा नाकाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १८ ग्राम ३० मिलिग्रामसहित बेलौरी नगरपालिका–६ दुम्ली बस्ने ३५ वर्षीय उमेश सिंह विष्टलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका–१ तिनकुने चोकबाट अवैध लागूऔषध गाँजा करिब १२ केजीसहित सोही उपमहानगरपालिका–२२ चकरी बस्ने २५ वर्षीय नरेश बमसमेत ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले ना.२ ह ४९५० नम्बरको अटोमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका–६ खैरधारीबाट अवैध लागूऔषध अफिम १ केजीसहित सोही ठाउँ बस्ने ४० वर्षीय नरमान घिसिङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले घिसिङलाई उनकै भान्सा कोठामा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);