लागूऔषधसहित  ९ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

लागूऔषधसहित  ९ जना पक्राउ

काठमाडौं,२८ माघ । अवैध लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–९ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित सोही उमहानगरपालिका–१ बस्ने २४ वर्षीय राज चौधरी समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापा, मेचिनगर नगरपालिका ६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय संजय तामाङ समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प १०११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका(१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्रामसहित सोही महानगरपालिका–४ बस्ने २० वर्षीय दिपक मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका–९ बस्ने १९ वर्षीय सुमन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्सा, पटेर्वा सुगौली गाउँपालिका–५ निचुटा गाउँ बस्ने २० वर्षीय पुलेमन मुखियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १३ मिलिग्राम, चरेश जस्तो देखिने पदार्थ १४ ग्राम ४७ मिलिग्राम, सेतो पदार्थ १ ग्राम ९४ मिलिग्राम, डिजिटल तराजु १ थान र २९ हजार ७० भारतीय रूपैयाँसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका–२१ हनुमान चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५ ग्रामसहित वीरगंज महानगरपालिका(२१ परवानीपुर बस्ने ३० वर्षीया फुलसन खातुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ८९६८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);