मलेसियाका लागि टर्कीद्वारा निर्मित तेस्रो ‘लाइट कर्भेट’ युद्धपोतको जलोत्तरण | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

मलेसियाका लागि टर्कीद्वारा निर्मित तेस्रो ‘लाइट कर्भेट’ युद्धपोतको जलोत्तरण

टर्कीको रक्षा कम्पनी एसटीएमले मलेसियाली शाही नौसेनाका लागि निर्माण गरिरहेको तीनवटा ‘लाइट कर्भेट’ श्रेणीका युद्धपोतमध्ये अन्तिम तथा तेस्रो जहाजको आईतवार इस्तानबुल नेभल सिपयार्डमा जलोत्तरण गरिएको छ । यससँगै मलेसियाका लागि निर्माण गर्नुपर्ने तीनवटै युद्धपोतको निर्माण चरण सफलतापूर्वक सम्पन्न भएको छ । टर्कीको इहलास न्युज एजेन्सीकाअनुसार हाल यस जहाजमा आवश्यक सैन्य उपकरणहरूको जडान, प्रणाली एकीकरण र परीक्षणको कार्य भइरहेको छ । यो युद्धपोत सन् २०२७ सम्ममा मलेसियालाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ । जलोत्तरण समारोहमा बोल्दै मलेसियाका सशस्त्र बल प्रमुख तान मलेक रजाक सुलेमानले यस युद्धपोतले जटिल समुन्द्री वातावरणमा नौसेनाको कार्यक्षमता अभिवृद्धि गर्ने बताउनु भयो । साथै, यसले दुई देशबीचको द्विपक्षीय रक्षा सहकार्यमा नयाँ आयाम थप्ने उहाँको भनाइ थियो । टर्कीको रक्षा उद्योग एजेन्सीका उपप्रमुख मुस्तफा मुरात सेकरले यस युद्धपोतमा टर्कीका करिव ५० वटा विभिन्न रक्षा कम्पनीहरूले विकास गरेका अत्याधुनिक प्रणालीहरू प्रयोग गरिएको जानकारी दिनुभयो ।
यसअघि, सन् २०२४ जुन महिनामा टर्की र मलेसियाबीच रक्षा सामग्री खरिदका सम्बन्धमा सरकारीस्तर (जीटुजी) मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअन्तर्गत यी युद्धपोतहरूको निर्माण प्रक्रिया अगाडि बढाइएको हो ।

Leave a Reply

ताजा समाचार