अवैध लागूऔषधसहित आठ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अवैध लागूऔषधसहित आठ जना पक्राउ

काठमाडौं । मकवानपुर र बाँकेमा अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिका–५ कर्मचुली बस्ने राक्सीराङ गाउँपालिका–१ घर भएकी ३५ वर्षीया फुलमाया भुलुनलाई १ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–६ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ३८ ट्याबलेट सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तनहुँ देबघाट गाउँपालिका–४ बस्ने २१ वर्षीय सरोज भुजेल र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–९ बस्ने २३ वर्षीय जंग बहादुर तामाङ रहेका छन् ।

वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ३५५३ नम्बरको सुमोलाई ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनीहरूलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका–५ बस्ने सोनु श्रेष्ठ र २० वर्षीय बिशाल कुँवर रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सोही ठाउँबाट करिब १७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका दाङ लमही नगरपालिका–५ बस्ने २१ वर्षीय दिवस डाँगी समेत ३ जनालाई शनिबार राति पक्राउ गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);