पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार चलाउनेसँगै अर्का एक आरोपित शनिबार साँझ प्रहरीकहाँ स्यवं उपस्थित भएका हुन् ।

उक्त मुद्दामा प्रहरीले यसअघि नै पाँच जनालाई पक्राउ गरिसकेको थियो । आइतबार चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी नियन्त्रणमा लिएको छ । गत वैशाख १७ गते बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिकाका शाहीको शव २० गते भेटिएको थियो । जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पर्नेमा अधिकांश स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताहरू परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);