अछामका विनोद शाही हत्या प्रकरण : मुख्य आरोपित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अछामका विनोद शाही हत्या प्रकरण : मुख्य आरोपित पक्राउ

अछाम, २४ साउन । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको हत्याका मुख्य आरोपित सर्जन बहादुर शाही पक्राउ परेका छन् ।

बिनोद जेठ १७ गतेराति देखि बेपत्ता भएका थिए । सोही साझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएपनि उनको अवस्था अज्ञात थियो ।

जेठ २१ गते शाहीको शव फेला परेको थियो । मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जेठ २६ गते शाहीका परिवार र आफन्तले नवनिर्वाचित मेयर चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी पर्नेमा अधिकांश स्थानीय कांग्रेसका नेता तथा कार्यकर्ताहरू परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);