कञ्चनपुरमा अवैध लागूऔषध सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कञ्चनपुरमा अवैध लागूऔषध सहित पक्राउ

कञ्चनपुर । भिमदत्त नगरपालिका ५ बनखेतबाट करिब २३ ग्राम ३५ मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ र १ थान तौल गर्ने डिजिटल काँटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका ९ ब्रम्हदेव बस्ने १९ वर्षीय मोहन पन्त र सोही नगरपालिका ६ ऐठपुर बस्ने २८ वर्षीय राम बहादुर साउद रहेका छन् ।

म.२ प ९८६६ नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);