प्रधानमन्त्री प्रचण्ड’ले सोमबार  चौथो पटक विश्वासको मत लिने   | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८१, बुधवार

प्रधानमन्त्री प्रचण्ड’ले सोमबार  चौथो पटक विश्वासको मत लिने  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार विश्वासको मत लिनुहुने भएको छ ।

जनता समाजवादी पार्टी जसपा नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रचण्डले चौथो पटक विश्वासको मत लिन लाग्नु भएको हो । यसबारे प्रचण्डले सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराइसकेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ । प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथोपटक हो । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि फागुन ३० गते प्रचण्डले तेस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यसबेला उहाँले १५७ सांसदको साथ पाउनु भएको थियो ।

पुस २६ मा पहिलोपटक विश्वास मत लिँदा २६८ सांसदको समर्थन पाएका प्रचण्डलाई चैत ६ मा दोस्रोपटक १७२ सांसदको समर्थन प्राप्त भएको थियो । ००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);