प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै

काठमाडौं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रचण्डले संसदमा विश्वासको मत लिन लागेका यो तेस्रो पटक हो ।

एक साताअघि कांग्रेससहितको गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् फेरबदल गरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोले प्रधानमन्त्रीलाई विश्वासको मत लिने बाध्यता आइपरेको हो ।
संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रधानमन्त्रीले पेश गर्ने प्रस्ताव छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गरिनेछ ।

बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने छ । त्यसपछि सभामुखले तोकिएको प्रक्रियामार्फत विश्वासको मतको टुंगो लाग्ने छ । १४ महिनायता प्रचण्डले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो ।

यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिइसक्नु भएको छ । विश्वासको मत पाएमा भने प्रधानमन्त्रीका रुपमा देशको कार्यकारी नेतृत्व गरेर अघि बढ्न प्रचण्डलाई वैधानिक बाटो खुला हुनेछ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसद भए पुग्छ । नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);