प्रचण्डलाई विश्वासको मत दिन एमालेको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

प्रचण्डलाई विश्वासको मत दिन एमालेको निर्देशन

oli prachanda

काठमाडौं,३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्देशन दिनु भएको छ ।  पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको भन्दै दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गरेको ओलीको भनाइ छ । देश बरबादीतर्फ जान लागेकाले सत्ता समीकरण फेरबदल गरेको दाबी गर्दै ओलीले गठबन्धन नफेरेकाले प्राप्त उपलब्धीहरूलाई समाप्त पार्ने क्रियाकलाप भएको उल्लेख गर्नुभयो । उहाँले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन पनि दिनु भयो ।

ओलीले उहाँले सरकारको आलोचना गरे पार्टीको अनुमति लिन सचेत गराउनु भयो । कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रशंशायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजना समेत रहेको ओलीले बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले बुधबार संसदका विश्वासको मत लिदै हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);