ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद : अध्यक्ष ठाकुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद : अध्यक्ष ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै ठाकुरले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने उनले माग राखेका छन् ।

ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा आफू तटस्थ रहेको बताएका छन् ।

प्रतिनिधि सभामा बोल्दै ठाकुरले आफूले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने र उनको विपक्षमा पनि मत दिन नसक्ने दोहो¥एका हुन् । उनले पार्टी भित्रको अहिलेको अवस्थाले आफूहरुले तटस्थ रहने निर्णय गरेको उनले बताए । साथै ठाकुरले आफूहरुको अहिलेको अवस्थलाई अन्य दलले बुझ्ने विश्वास रहेको पनि बताए ।

ठाकुरले अहिले संविधान संशोधन समयको माग भएको बताएका छन् । यो संविधानमा भएका त्रुटिहरुले गर्दा नै रेशम चौधरी जेलमा रहेको र आफ्ना धेरै मेयरहरु तारिखमा रहेको तथा कार्यकर्ताहरु मुद्दा खेपिरहनु परेको उनले बताए ।

आफूहरु प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको उनले स्पष्ट पारेका छन् । ठाकुरले संविधान र लोकतन्त्र आएपनि आफ्ना नेता कार्यकर्ता आजपनि जेलभित्र भएकोले प्रस्तावको पक्ष-विपक्ष उभिने स्थिति नभएको तर्क गरेका छन् ।

उनले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको भन्दै संविधानमा व्यापक सुधार गर्नुपर्ने तर्क गरेका छन् । अहिले संविधानमा गम्भीर त्रुटीहरु भएको भन्दै उनले संविधान संशोधनको माग गरेका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);