बिनाकारण ओलीको सति महन्थ ठाकुर जानुहुन्न : उपेन्द्र यादव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बिनाकारण ओलीको सति महन्थ ठाकुर जानुहुन्न : उपेन्द्र यादव

काठमाडौं, २९ चैत । जनता समाजवादी पार्टी जसपाका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई सत्ता साझेदारीमा साथ दिन जसपाका महन्थ ठाकुरले आफूलाई मनाउनु पर्ने बताएका छन् । नेता यादवले केपी ओलीलाई साथ दिने–नदिने भन्ने कुरा अध्यक्ष महन्थ ठाकुरको हातमा भएको बताउँदै ठाकुरले उनलाई मनाउनु पर्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुका माग पूरा गर्न थालिसक्नु भएको महन्थले बताउँदै आएका छन् । यस विषयमा ठाकुरले आफूलाई विस्वस्त पार्न सके उनको विचारसँग सहमत हुन सकिने यादवको भनाई छ । उनले भने ‘ओलीसँग महन्थ जी त्यसै सति जाने योजनामा त हुनुहुन्न होला, केही केही त छ, उहाँले (महन्थ) ले कन्भिन्स पार्न सक्नुभयो भने उहाँको विचारमा सहमत हुन सक्छु’– उपेन्द्रले भने ।

यस विषयमा अहिलेपनि आफूहरु छलफलमा रहेको बताउँदै उपेन्द्रले भने–‘केही दिनभित्र एकै विचारसाथ उभिन्छौं, त्यो कुरा महन्थजीको हातमा छ, उहाँले मलाई कसरी विस्वस्त पार्न सक्नुहुन्छ ।’ पछिल्लो राननीतिक अवस्था हेर्ने हो भने जसपा अध्यक्ष ठाकुर ओलीसँग सत्ता साझेदारीका लागि तयार देखिन्छन् ।

तर, जसपाका उपेन्द्र यादव, बाबुराम भटट्राई लगायत नेताले ओलीसँग कुनैपनि हालतमा सहकार्य गर्न नसकिने बताउँदै आएका छन् । उनीहरु कांग्रेस र माओवादीसँग सहकार्य गर्ने पक्षमा छन् । यही विषयका कारण जसपा लगभग फुटको संघारमा पुगेको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);