सुदूरपश्चिममा माधव पक्षले बनायो बेग्लै कमिटी (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

सुदूरपश्चिममा माधव पक्षले बनायो बेग्लै कमिटी (नामावलीसहित)

काठमाडौं, २९ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपालले सुदूरपश्चिमका ९ जिल्लामा समानान्तर कमिटी निर्माण गरेका छन् । आफ्नो गुट विस्तार गर्ने क्रममा एमाले माधव पक्षले सुदूरपश्चिमका सबै जिल्लामा बेग्लै कमिटी बनाएको हो ।

माधव पक्षले भीम रावलको संयोजकत्वमा सुदूरपश्चिममा प्रदेशस्तरीय समानान्तर कमिटी यसअघि नै बनाइसकेको छ । आइतबार सुदूरपश्चिममा ९ जिल्लामा पनि कमिटी बनाइएको जानकारी दिइएको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक रावलले ९ जिल्लामा कमिटी बनाइएको जानकारी दिए ।

यी हुन् जिल्ला कमिटीका पदाधिकारी

कञ्चनपुर

अध्यक्ष – तारा लामा
उपाध्यक्ष –जीवन राज थापा
सचिव – रणबहादुर महरा
उपसचिव – रविन्द्र कुँवर
कार्यालय सचिव – मोहनसिंह रावल

बाजुरा

अध्यक्ष – गगनबहादुर रावल
सचिव – पुरबहादुर राउत
उपसचिव – निरबहादुर शाही

बैतडी

अध्यक्ष – महादेव भट्ट
उपाध्यक्ष – कृष्ण साउद
सचिव – हर्कबहादुर धानुक
उपसचिव – गौरीदत्त भट्ट

अछाम
अध्यक्ष–शेरबहादुर कुँवर
उपाध्यक्ष –नन्दबहादुर कडायत

कैलाली
अध्यक्ष– दीर्घबहादुर सोडारी

डडेलधुरा

अध्यक्ष – डा.तारा जोशी
उपाध्यक्ष – वीरेन्द्रबहादुर बस्नेत
सचिव – धनबहादुर साउद
उपसचिव – शकुन्तला नगरकोटी

डोटी
अध्यक्ष –चक्रबहादुर मल्ल
उपाध्यक्ष – दुर्गा प्रसाद ओझा
उपसचिव – मञ्जु मलासी
कार्यालय सचिव – खड्कबहादुर कठायत

बझाङ
अध्यक्ष – दीलबहादुर सिंह
उपाध्यक्ष – इन्द्रबहादुर भण्डारी
सचिव – दमनबहादुर भण्डारी
उपसचिव – धनबहादुर बोहरा
कार्यालय सचिव – सुरतबहादुर सिंह

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);