ओली भन्दा हामी बलियो छौं– नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

ओली भन्दा हामी बलियो छौं– नेता नेपाल

madhavkumar

काठमाडौं, २४ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीभन्दा आफूहरु बलियो अवस्थामा भएको दाबी गरेका छन् ।

मंगलबार बल्खुस्थित एक पार्टी प्यालेसमा आयोजित बागमती प्रदेशको समानान्तर कमिटी घोषणा कार्यक्रममा बोल्दै नेता नेपालले यसतो दाबी गरेका हुन् ।

उनले भने–‘केपी ओलीभन्दा हामी बलियो अवस्थामा छौं, आत्तिनुपर्दैन ।’ ‘केपी ओली आत्तिनु भएको कारण ४२ जिल्लामा माधव नेपाल पक्ष बलियो हुनु हो । ’ नेता नेपालले निर्वाचन आयोगले एमालेको आधिकारिक अध्यक्ष ओली नै हो भनेमा पनि नआत्तिन आफू पक्षीय कार्यकर्तालाई आग्रह गरे ।

केपी ओलीसँग कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने पनि नेता नेपालले दोहो¥याए । उनले भने–‘केपी ओलीका सामु आत्मसमर्पण गर्नेरु टाङमुनि छिर्नेरु, यो हुन सक्दैन, हामी दृढतापूर्वक अगाडि लाग्नुपर्छ ।’

सबैलाई एकताबद्ध बनाएर अगाडि बढ्ने बताउँदै नेता नेपालले सबै जिल्ला, प्रदेशसहित केन्द्रमा पनि कमिटी बनाएर लैजाने घोषणा गरे । जिल्लादेखि केन्द्रसम्म समानान्तर कमिटी गठन गरिने उद्घोष पनि उनले गरे ।

Leave a Reply

ताजा समाचार