प्रधानमन्त्री ओलीमा व्यक्तिवाद र दम्भ हावी भयो : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओलीमा व्यक्तिवाद र दम्भ हावी भयो : माधव नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा व्यक्तिवाद दम्भ हावी भएको बताएका छन् । बिहीबार राति ९ बजे माउण्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘अतुल्य’का लागि पत्रकार तीर्थ कोईरालालाई अन्तरवार्ता दिँदै नेपालले यस्तो दाबी गरेका हुन् । सो अन्तरवार्ताको सानो अंश तल दिएको छ । पुरा हेर्नका लागि बिहीबार बेलुका मात्र माउन्टेन टेलिभिजनमा

हिजो आज के मा व्यस्त हुनुुहन्छ?

हामी देश र जनता प्रति चिन्तित छौं । कम्युनिष्ट पार्टीबाट देश र जनताले जुन आश र अपेक्षा गरेका थिए । अहिले पूर्व एमाले र पूर्व माओवादीको अवस्थामा फर्किएका छौं । दुबैलाई मिलाएर नेकपा बनाए पछि निर्वाचनमा झण्डै दुई तिहाई ल्याएको थियो , त्यसले जनतामा ठूलो आशा जगाएको थियो । तर अहिले आएर उडायो सपना सबै हुरीले भने जस्तो भएको छ ।

यसको प्रारम्भ कसरी भयो? कसले गर्‍यो ?

यो कसले गर्‍यो भन्ने स्पष्ट छ । यसमा मुख्य जिम्मा मुलीको हुन्छ । मुलीले कसको र के कारणले समस्या भएका छन् भन्ने खोज्नुपर्ने होइन?त्यो मुलीको ठाँउमा अहिले केपी शर्मा ओली बस्नु भएको छ । उहाँले सबै क्षेत्रमा निकै समस्या खडा गर्नुभएको छ ।

यसमा तपाईहरु पनि त जिम्मेवार हुनहुन्छ होला नि?

हामीले आफ्नो तर्फबाट पोजेटिभ थिङकिङ राखेर र पोजेटिभ काम होस भनेर सरकार बलियो बनोस्, सरकारले राम्रो काम गरोस्, जनतामा लोकप्रिय बनोस् भनेर कमी कमजोरी सुधार गर्नुहोस् भनेको हो । पार्टी क्रान्तिकारी बाटोमा अगाडि बढोस् लोकतान्त्रिक तरिकाले संचालन होस्, कार्यकर्ताको योग्यता क्षमताको मुल्याकंन गरेर कामको जिम्मेवारी दिईयोस्, विधिमा देश चलोस् भन्ने सोचेका थियौं ।

विधि कताबाट बिग्रियो?

कम्युनिष्ट पार्टी सामूहिकतामा चल्छ, नेता प्रधान हुँदैन । नीति प्रधान हुन्छ ।

तपाईहरुबीचको असमझदारी कहाँबाट सुरु भयो?

केपी ओलीजी मा व्यक्तिवाद हावी भयो । म नै सबैथोक हुँ भन्ने दम्भ जाग्यो ।

यसको प्रारम्भ विन्दु के थियो?

सत्तामा पुगीसकेपछि यस्तो भयो । सत्ताले मान्छेलाई भ्रष्ट बनाउँछ । निरंकुश सत्ताले निरंकुश तरिकाबाट भ्रष्ट बनाई दिन्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);