कम्युनिष्ट आन्दोलमाथि प्रचण्डले व्यापार गरे : रामचन्द्र मण्डल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कम्युनिष्ट आन्दोलमाथि प्रचण्डले व्यापार गरे : रामचन्द्र मण्डल

काठमाडौं, २९ चैत । प्रदेश २ का सांसद रामचन्द्र मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेका मण्डलले माओवादीको भविष्य सकिएको दाबी गरेका छन् । उनले भने–‘माओवादी केन्द्रसँग स्पष्ट एजेण्डा छैन, आगामी चुनावबाट माओवादी कसरी सकिँदैछ भन्ने देखिनेछ ।’

पुष्पकमल दाहाल प्रचण्डमा देश बनाउने क्षमता नभएको मण्डलको टिप्पणी छ । एजेण्डाबिहीन नेतामध्ये प्रचण्ड मुख्य रहेको उनको भनाइ छ । मण्डलले भने – ‘प्रचण्डमा व्यक्तिवाद जिनको रुपमा विकास भइसकेको छ, त्यसैले प्रचण्ड परिवर्तन हुने सम्भावना छैन ।’

प्रधानमन्त्री ओलीमा पनि केही कमजोरी रहेको मण्डलले बताए । तर उनीसँग देश बनाउने प्रचुर क्षमता रहेको र उनलाई विश्वास गर्न सकिने मण्डलले बताए । उनले भने– ‘उहाँ आफ्ना कुरामा अडान राख्नुहुन्छ, तर भनेको कुरा पुरा गर्नुहुन्छ’ ।

जनकपुरमा मास्टरबाबुको रुपमा परिचित मण्डल शिक्षण पेसा छोडेर माओवादी जनयुद्धमा लागेका थिए । प्रचण्डले नेपाली जनतालाई धोका दिएपछि आफू पनि उनीसँग बस्न नचाहेकाले एमालेमा लागेको मण्डलले बताए ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);