एमाले महाधिवेशनकाे दुई दिन अघिसम्म पनि महोत्तरीमा प्रतिनिधि चयन विवाद मिलेन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमाले महाधिवेशनकाे दुई दिन अघिसम्म पनि महोत्तरीमा प्रतिनिधि चयन विवाद मिलेन

महोत्तरी । नेकपा एमालेको १०‌औँ महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहदा पनि महोत्तरीमा महाधिवेशन प्रतिनिधि चयन विवाद सुल्झिन सकेकाे छैन । महाेत्तरीकाे निर्वाचन क्षेत्र नं. १, २ र ४ मा सहमति जुट्न नसकेकाे हाे ।

निर्वाचन क्षेत्र नं. ३ मा भने कालीचन्द्र साह, रामआधार कापर, सिताराम झा, देवमनी देवी मण्डल र गीता महत्ताेलाई सर्वसम्मत प्रतिनिधि चयन गरेकाे एमाले महोत्तरीका अध्यक्ष रामदयाल मण्डलले जानकारी दिए ।

जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले भने महोत्तरीका सबै क्षेत्रमा प्रतिनिधि चयन सर्वसम्मत भएको दाबी गरे । ‘सबैसँग सल्लाह गरेर नै सर्वसम्मतीमा नाम पठाइएको हो अहिले साथीहरूले विवाद गरिरहेका छन्,’ उनले भने । अर्काे पक्षले भने इन्चार्ज बलाम्पाकीले कोठे निर्णय गरेको आरोप लगाएका छन् । उनकाे निर्णयमा असहमति हुँदाहुँदै जबर्जस्ती पेलेर जान खोजेकाे उनीहरूकाे आराेप छ ।

इन्चार्ज बलाम्पाकीले पठाएको नामलाई भने निर्वाचन आयोगले सदर गर्दै निर्वाचित भएको प्रमाणपत्र पठाएको छ । प्रमाणपत्र पाएपछि प्रतिनिधिहरूले धमाधम फेसबुकमा आफू निर्वाचित भएको घोषणा गरिरहेका छन् । अध्यक्ष रामदयाल मण्डलले कार्डलाई लिएर उत्सव नमनाउन आग्रह गर्दै उक्त कार्ड वैधानिक नभएको बताएका छन् ।

माओवादी केन्द्रबाट एकता प्रक्रियामा नेकपा एमाले रोजेका टेकबहादुर बलाम्पाकीले सहमति जुटाउन नसकेपछी आफुखुसी नाम राखेर पठाएको नेताहरूको आरोप छ । ‘बलाम्पाकीले कतिपय संगठनमा आबद्ध नभएका व्यकि्तलाई समेत प्रतिनिधि चयन गरेकाेमा हाम्रो असहमति छ,’ नेता सन्त परियारले भने । प्रतिनिधि चयन भएको भन्दै प्रमाणपत्र जारी गर्ने जिल्लामा गठन गरिएको निर्वाचन आयोगप्रति पनि रामदयाल पक्षले आपत्ती जनाएका छन् । केन्द्रबाट छनोट भएको निर्वाचन अधिकृतले प्रमाणीकरण गर्नुपर्नेमा जिल्लाबाट निर्वाचन समितिका उद्धव क्षेत्रीले मनपरी ढङ्गले वितरण गरेको आरोप छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);