शीर्ष नेताहरूको उपस्थितिमा एमाले प्रदेश २ को भेला सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

शीर्ष नेताहरूको उपस्थितिमा एमाले प्रदेश २ को भेला सम्पन्न

महोत्तरी । एमाले शीर्ष नेताहरूको उपस्थितमा प्रदेश २ को भेला सम्पन्न भएको छ । महोत्तरीको बर्दिबासमा एमाले  प्रदेश २ को भेला सम्पन्न भएको हो ।

उपमहासचिव विष्णु पौडेल, महाअधिवेशन सहसंयोजक सुरेन्द्र पाण्डेसहित स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यको सहभागिताबीच आयोजित भेलामा माहाअधिवेशनको तयारी र चुनावी अभियानको विषयमा छलफल भएको नेकपा एमाले प्रदेश २ ले जनाएको छ ।

चुनावी अभियानलाई प्रदेश २ मा कसरी बलियो बनाउने र महाधिवेशन प्रतिनिधि छनोटमा भएको विवाद कसरी  सुल्झाउने भन्ने विषयमा पौडेलले मैत्रीपूर्ण वातावरण तयार गर्न निर्देशन दिएको पौडेललाई उदृत गर्दै प्रदेश कमिटी सदस्य गोपाल बरालले बताए ।

प्रदेश २ मा महाअधिवेशन प्रतिनिधि चयन गर्दासमेत निक्कै ठूको विवाद सिर्जना भएको थियो । अहिलेसम्म कुनै पनि जिल्लामा विवादका कारण प्रतिनिधि चयन हुन सकेका छैनन् । यही विवादलाई सहजीकरण गर्नका लागि पनि  विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत नेताहरू प्रदेश २ मा आएको एक नेताले जानकारी दिए ।

महोत्तरीमा प्रतिनिधिका आकांक्षी तेब्बर छन् । विधानअनुसार सदस्य संख्याको आधारमा महोत्तरीमा बढीमा ३० जना प्रतिनिधि मात्रै चयन हुनेछन् । आकांक्षी धेरै भएपछि  चयन गर्न निक्कै सकस भइरहेको महोत्तरी जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले बताए । 

महोत्तरी जस्तै प्रदेश २ का अन्य जिल्लामा पनि विवाद कायम नै छ । अहिले प्रदेश २ मा नेकपा एमाले र नेकपा एसको तुलना गर्दा नेकपा एस नै बलियो देखिएको छ । नेकपा एमालेका प्रदेश २ मा २१ जना प्रदेशसभा सदस्य मध्य १३ जना नेकपा एसमा छन् । नेकपा एस प्रदेशकै तेस्रो ठूलो पार्टी बनेपछि  मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारमा सहभागी गराउने प्रक्रिया अगाडि बढाएका छन् । नेकपा एसलाई प्रदेश सरकारमा सामेल गराउन मुख्यमन्त्रीले आजै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);