एमाले शीर्ष नेता प्रदेश नम्बर २ मा सक्रिय | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

एमाले शीर्ष नेता प्रदेश नम्बर २ मा सक्रिय

काठमाडौं, २६ भदाै । एमालेका शीर्ष नेता स्थानीय चुनावका लागि प्रदेश नम्बर २ मा सक्रिय भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल तीन दिनदेखि बारा, पर्सा, महोत्तरी र धनुषाका चुनावी कार्यक्रममा व्यस्त छन् । ‘उहाँ तीन दिनदेखि चुनावी कार्यक्रममै हुनुहुन्छ । भेला, घरदैलोलगायत प्रचार अभियानमा सहभागी भइरहनुभएको छ’ एमाले प्रदेश नम्बर २ का सहसंयोजक नागेन्द्र चौधरीले भने, ‘उहाँ निर्वाचनसम्म तराईमै रहनुहुनेछ ।’ नेपालले बर्दिबासलाई मुख्य केन्द्र बनाएर महोत्तरी, बारा, पर्सा र रौतहको चुनावी कमान्ड सम्हालिरहेका छन् ।

प्रदेश नं. २ को निर्वाचन अभियानमा सहभागी हुन महासचिव ईश्वर पोखरेल पनि सोमबार पर्साको वीरगन्ज पुग्दै छन् । वीरगन्ज महानगरपालिकामा हुने चुनावी सभा र प्रचारमा सहभागी भएपछि अन्य स्थानको चुनावी कार्यक्रममा सहभागी हुनेछन् । पोखरेलले पर्सा, धनुषा, र सर्लाहीको चुनावी कमान्ड सम्हाल्नेछन् । उपाध्यक्ष वामदेव गौतमसहित पदाधिकारी तहका नेता पनि चुनावी कार्यक्रममा सहभागी हुन जाँदै छन् । उपाध्यक्ष भीमबहादुर रावल पनि दुई दिनदेखि महोत्तरी र रौतहटको चुनावी कार्यक्रममा सहभागी भइरहेका छन्।

‘सचिवालयका नेताह जिल्ला–जिल्ला पुगेर फर्किनुभएको छ । म आफैँ पनि ६ जिल्ला घुमेर फर्किएको छु’ पोखरेलले भने, ‘एमालेलाई पहिलो नम्बरमा स्थापित गर्ने गरी हामीले ध्यान केन्द्रित गरेका छौँ ।’ एमालेले मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने जनाउँदै ६० देखि ६२ सिट जित्ने दाबी गर्दै आएको छ । राजमार्ग आसपासका उत्तरी क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन बन्न नसकेकाले कांग्रेससँगको प्रतिस्पर्धामा आफूलाई लाभ हुने एमालेको विश्लेषण छ ।

एमालेले चुनावलाई लक्षित गरेर पर्सा, बारा र रौतहटका लागि सिमरा, निजगढ, सर्लाही, महोत्तरी र धनुषाका लागि बर्दिबास तथा सिरहा र सप्तरीका लागि लहानबाट चुनाव परिचालनका लागि समानन्तर केन्द्रीय सचिवालय चलाइरहेको छ । प्रदेश नंं २ बाट प्रतिनिधित्व गर्ने एमालेका केन्द्रीय तहका नेता ह, सांसद, जन संगठनका पदाधिकारी पनि चुनावमा परिचालित छन् ।

ओली सभामा मात्र जाने

घरदैलो कार्यक्रमपछि अध्यक्ष केपी ओली विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न प्रदेश नं २ का जिल्लामा जाने भएका छन् । केही चुनावी सभालाई सम्बोधन गर्न मात्रै अध्यक्ष ओली तराई झर्ने सहसंयोजक चौधरीले बताए । चुनावकै विषयमा थप रणनीति बनाउन एमालेले सोमबारै स्थायी समितिको बैठक बोलाएको छ ।

शुरोजंग पाण्डेले नयाँ पत्रिका खबर लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);