तीन दिनदेखि प्रचण्ड चुनावी प्रचार अभियानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

चितवन, १८ कात्तिक । चितवन क्षेत्र नं ३ का उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनदेखि चुनावी प्रचार अभियानमा जुटेका छन् ।

आज प्रचण्ड चितवनको माडीमा पुगेका छन् । माडीका जनताले प्रचण्डलाई बाजा बजाएर स्वागत गरेका थिए । प्रचण्डले माडीको वसन्तपुरमा रहेको सहिदको सालिकमा माल्यार्पण गरेका छन् ।

सालिकमा माल्यार्पण गर्नका लागि प्रचण्ड भर्‍यांग चढेर उक्केका थिए । सहिदको सालिकमा माल्यार्पण पश्चात प्रचण्ड चुनावी कार्यक्रमहरुमा सहभागी भए ।

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा वाम गठबन्धनबाट क्षेत्र नं १ मा एमाले नेता सुरेन्द्र पाण्डे, क्षेत्र नं २ मा कृष्णभक्त पोखरेल र क्षेत्र नं ३ बाट प्रचण्ड चुनावी मैदानमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);