चितवनको माटोमा टेकेर देशलाई समृद्ध बनाउँछु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

चितवनको माटोमा टेकेर देशलाई समृद्ध बनाउँछु : प्रचण्ड

चितवन, १२ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको माटोमा टेकेर देशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

निर्वाचन सम्पन्न भएपछि मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने उनले बताए । स्थिर सरकार बनेपछि देश समृद्धिको दिशामा अघि बढ्ने उनको ठम्याई छ ।

गिरिजाबाबु अहिले हुनुहुन्न । तर उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ प्रचण्डले भने, ‘यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार चलिरहने छ’ । उनी चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।