२४ घण्टापछि सम्पर्कमा आए बाजुराका सम्पर्कविहीन मतदान अधिकृत | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

२४ घण्टापछि सम्पर्कमा आए बाजुराका सम्पर्कविहीन मतदान अधिकृत

बाजुरा, १२ मंसिर। बाजुराको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका-४ स्थित मालिका मावि बाङपानीका सम्पर्कविहीन भएका मतदान अधिकृत प्रेमराज गिरी २४ घण्टा पछि सम्पर्कमा आएका छन्।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उनी सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका थिए।

मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरीले जानकारी दिएको थिए।केहीबेर अघि सम्पर्कमा आएर मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको प्रहरीले जानकारी दिएको छ।

ताजा समाचार