बाजुरामा मतदान अधिकृत सम्पर्कविहीन, खोजी कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

बाजुरा, १२ मंसिर। बाजुराको उत्तरी भेगस्थित पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट सदरमुकाम मार्तडी आउने क्रममा अधिकृत गिरी बीचबाटोबाट सम्पर्कबिहीन भएको प्रहरीले जानकारी दिएको छ।

प्रधानमन्त्री आधुनिकीकरण जोन कार्यक्रमका कर्मचारी गिरी मदिरा सेवन गर्ने भएकाले कतै होटलमा बसेर मदिरा सेवन गरेर बसेको हुनसक्ने प्रहरीलले अनुमान लगाएको छ।

सम्पर्कविहीन रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

पोरखे लेकसम्म गिरी मतपेटिकासँगै रहेको भए पनि साँझ पर्न थालेपछि उनी सम्पर्कविहीन भएको उनका सहयोगी कर्मचारीले बताएका छन् ।

 

ताजा समाचार