पचरौताका प्रमुख प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन, आवश्यक सेवा समेत बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पचरौताका प्रमुख प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन, आवश्यक सेवा समेत बन्द

बारा। बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९/८० को नगरसभा समेत भएकाे छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नविकरण समेत नहुँदा पचरौता नगरपालिकाकाे सेवा अवरुद्ध भएकाे हाे।नगरपालिकामा करारका ९८ जना कर्मचारी छन् तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरूको करार नबिकरण हुन नसकेकाे नगरप्रमुख जलन्धर सिंह जैसवारले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।प्रमुख प्रशासकीय अधिकृत यादव विनाजानकारी सम्पर्कविहिन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा १ साउनदेखि थप गर्नुपर्नेमा सो समेत हुन सकेकाे छैन । नगरपालिकाअन्तर्गतका नगर अस्पताल, नगरले सञ्चालन गरेको बर्थिग्ङ सेन्टर र ल्याबको सम्पूर्ण सेबा बन्द भएको नगर प्रमुख जैसवालले बताए । ’प्रमुख प्रशासकीय अधिकृत यादवको गैरजिम्मेवारीपूर्ण व्यवहारले नगरपालिकाको काम रोकिएको छ । गत ७ असारबाट सम्पर्किविहीन अधिकृत हालसम्ममा सम्पर्कमा आएका छैनन्,’ नगर प्रमुख जैसवालले भने।

नगरभित्रका अस्पतालमा २३ जना कर्मचारी छन् तिमध्ये २२ जना करारका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);