एमालेद्वारा मतदातालाई चामल बाँड्ने प्रयास, चामल बोकेका ट्रक प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

काठमाडौँ, १२ मंसिर । पाल्पाको रामपुरमा नेकपा एमालेका कार्यकर्ताले मतदातालाई बाड्न लैजादै गरेको चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५ ख ५७९९ नं. को गाडीमा झण्डै १५ बोरा चामल, वियर, नुन, तेल लगायतका खाद्य तथा पेय पर्दाथ रामपुर नगरपालिकाको वडा नं. ४ मा पर्ने सिताकुण्डमा लैजादै गर्दा नियन्त्रणमा लिइएको हो।

एमालेका तर्फबाट रामपुरको उपमेयरकी उम्मेदबार दुर्गा रानाका श्रीमान् टिकाराम रानाले बसपार्कमा रहेको पसलबाट अर्डर गरेर ती सामानहरु लगिएको प्रारम्भीक अनुसन्धनबाट पत्ता लागेको छ। गाडीमा एमालेको बडा नं. चारका उम्मेदबार सहितका केही कार्यकर्ताहरु पनि रहेका थिए।

उनीहरु सहित गाडी र खाद्य तथा पेय पदार्थलाई तरुण दलका नगर सभापति शंकर खाँणको टोलीले गाँमडाडा भन्ने ठाँउबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो। गाडीमा एमालेका कार्यकर्ता भएको, एमालेको झण्डा बाधेको, उपमेयरका उम्मेदबारको श्रीमानले सामान अडर गरेको लगायतका कारणले ती सामानहरु एमालेले वितरणकै लागि लगेको अनुमान गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);