बिरामी अस्पताल पुर्‍याएर फर्किदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बिरामी अस्पताल पुर्‍याएर फर्किदै गरेको मंगला गाउँपालिकाको गाडी तोडफोड

सन्दिप शर्मा,
म्याग्दी । कोरोना संक्रमित बिरामीलाई यातायात सेवा दिन प्रयोग गरिएको म्याग्दीको मंगला गाउँपालिकाको गाडी शनिबार राति तोडफोड भएको छ ।

मंगला गाउँपालिका कै एक कोरोना संक्रमित बिरामीको स्वास्थ्य अवस्थामा समस्या भए पछि सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा पुर्‍याएर मंगला गाउँपालिकाको कार्यालयमा फर्किदै गरेको ग १ झ ४१६ नम्बरको गाउँपालिकाको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक स्याम कुमार राईले बताए ।

गाउँपालिकाका चालक रामु गिरी र मंगला गाउँपालिकाका स्वाथ्य संयोजक लेखनाथ रोका बिरामीलाइ बेनी अस्पतालमा पुर्‍याएर फर्किदै गर्दा मंगला गाउँपालिका २ सिमचौरमा स्थानीय ३५ वर्षीय रमेश बाँनिया र २६ वर्षीय जिवन बाँनियाले गाडीमा आक्रमण गरी तोडफोड गरेको प्रहरी प्रमुख राईले बताए ।

उनीहरुले गाडीमा आक्रमण गर्नुका साथै चालक गिरीमाथि समेत आक्रमण गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित कर्मचारीले प्रयोग गर्ने गरेको उक्त गाडी पालिका भित्र कोरोना माहामारीका बिरामी बोक्न अस्थायी एम्बुलेन्सका रुपमा सञ्चालनमा ल्याईएको थियो ।

सोही गाडी मार्फत पालिकाले कोरोनाका बिरामीलाइ अस्पताल पुर्‍याउँदै आएको मंगला गाउँपालिकाको उपाध्यक्ष सिर्जना केसीले बताईन् ।

गाडी तोडफोड गर्ने दुवै जनालाई नियन्त्रणमा लिई घटना माथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);