एक सातापछि म्याग्दीको बेनी दरवाङ सडक खण्ड सुचारु (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एक सातापछि म्याग्दीको बेनी दरवाङ सडक खण्ड सुचारु (फोटो फिचर)

लगातारको वर्षाका कारण भएको अवरोध हटाउन तीन वटै सुरक्षा निकाय परिचालित

म्याग्दी । लगातरको वर्षाका कारण गत एक हप्तादेखि अवरुद्ध म्याग्दीको बेनी दरवाङ सडक खण्ड सुचारु गर्नका लागि नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

झरिका कारण बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने गुमाउने भिरमा माथिबाट आएको रेलो सहितको बाढीले अवरुद्ध बनेको सडक आइतबार ट्रक्याक खोलेर मात्रै सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताए ।

त्यसैगरी मंगला गाउँपालिका २ सिममा म्याग्दी नदीले कटान गरेपछि अवरुद्ध बनेको सडकलाइ सुचारु गर्न नेपाल आर्मी, प्रहरी र सशस्त्र प्रहरीबललाई परिचालन गरिएको पनि अधिकारीले जानकारी दिए ।

आइतबार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसी, प्रजिअ अधिकारी, सत्रुभञ्जन गुल्मका सेनानी रविन्द्र बुढाथोकी, नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुङ सहित ६० जना सुरक्षाकर्मी अवरुद्ध सडक खुलाउन परिचालन भएका थिए ।

सोमबारसमेत थप १५ जना सुरक्षाकर्मीले मंगला गाउँपालिकाको सिममा सडक सुचारु गर्नका लागि ग्याविन, जाली भर्ने काम गरेर बेनी दरवाङ सडक खण्ड सञ्चालनमा ल्याईएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि सदरमुकाम बेनीसँग धौलागिरी, मंगला र मालिका गाउँपालिकाको सडक सम्बन्ध विक्षेद बन्नुको साथै सरकारी काम, प्राकृतिक विपत्तीमा परेकाहरुको उद्वार कार्य र ग्रामीण भेगका विरामीहरुलाइ उपचार गर्न बेनी अस्पताल लैजान समेत समस्या भएको मंगला गाउँपालिकाका उपाध्यक्ष सृजना केसीले बताईन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);