गलेश्वरमा अवरुद्ध सडक खुलाउन वेवास्ता, इन्जीनियर र सुपर भाईजर प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

गलेश्वरमा अवरुद्ध सडक खुलाउन वेवास्ता, इन्जीनियर र सुपर भाईजर प्रहरीको नियन्त्रणमा

बेनी बेनी जोमसोम सडक खण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वर पारीमा पहिरोको कारण अबरुद्ध बनेको सडक खुलाउन वेवास्ता गरेको निमार्ण कम्पनीको इन्जीनियर र सुपर भाईजर प्रहरीको नियन्त्रणमा परेका छन् ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत राहुघाट स्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक खुलाउन पटक पटक स्थानीय जनता र जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनुरोध गरेपनि पानी परेरको बेला पानीको कारण र पानी नपर्दा तेल वा स्काभेटर नभएर सडक मर्मत गर्न नसकेको भन्दै ढाँट्ने काम गरेपछि इन्जीनियर र सुपर भाईजरलाई अनुसंधान प्रकृयाका लागी जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रण लिएको प्रहरी नायव उपरिक्षक स्यामकुमार राईले बताए ।

पटक पटक सडक मर्मत गरी सुचारु गर्न प्रहरी प्रसाशन र स्थानीयहरुले अनुरोध गर्दा पनि कुनै चासो नदिने र सडकलाइ अलपत्र परेर सडकमा रहेका सवारी साधनलाई रेट नै तोकेर पैसा बुझाए सडकबाट वारीपारी तारी दिने नत्र अलपत्र अवस्थामा नै छाडेर ठगी धन्दामा ठेकेदार कम्पनी लागेको भन्दै स्थानीयहरुले समेत ठेकेदार कम्पनीको यस भन्दा अगाडि देखिनै बिरोध जनाउँदै आएका थिए ।

यसरी प्रहरी प्रसाशन र स्थानीय समेतको अनुरोधलाइ अटेर गरेर ठेकेदार कम्पनी ठगी धन्दामा लागे पछि अनुसन्धानको लागि प्रहरीले ठेकेदार कम्पनीलाइ नियन्त्रणमा लिएको हो ।

समयमा सडक खण्ड मर्मत नहुँदा विगत १० दिन देखि यता ‘‘ जनताले दुख पाइरहेका छन्, एम्बुलेन्स लगायतका अत्याबश्यक सवारी समेत वारपार गर्न सकिरहेको छैनन्, निर्माण कम्पनीले आफ्नो जिम्मेवारी पुरा नगरेपछि नियन्त्रणमा ल्याएका छौ’’– प्रनाउ राईले बताए ।

निमार्ण कम्पनीले सडक निमार्ण गर्न आलटाल गर्न थाले पछि १० दिन देखि यता म्याग्दीको रघुगंगा र अन्नपुर्ण गाउँपालिका तथा हिमाल पारिको जिल्ला मुस्ताङ जाने सवारी साधनहरुको सिधा सूचारु बन्द भएको छ भने यात्रु तथा विरामीहरुले सास्ती खेपिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);