पहिरोले पोखरा–जोमसोम सडक खण्ड अन्तर्गत रहेको बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

पहिरोले पोखरा–जोमसोम सडक खण्ड अन्तर्गत रहेको बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं । पहिरोले पोखरा-जोमसोम सडक खण्ड अन्तर्गत रहेको बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठूलो ढुंगासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने अनुमान प्रहरीले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);