पहिरोले सिद्धार्थ राजमार्ग सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरोले सिद्धार्थ राजमार्ग सडक अवरुद्ध

पाल्पा । चार दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण गएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

मंगलबार विहान सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रे नजिकै पहिरो खस्दा तानसेन–बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।

यस्तै राम्दी सीता पहाडबाट पहिरो खस्दा बर्तुङ–स्याङ्जा सडकखण्ड पनि अवरुद्ध भएको छ । राम्दी सितापहाडमा माथिबाट लेदो सहितको पहिरो झरेका कारण बाटो अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास भएपनि अविरल भारी वर्षाका कारण केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र, दोभान, चर्चरे, चौविसमाइल, डुम्रे लगायतका क्षेत्रमा पनि पहिरो जाने उच्च जोखिम भएकाले यात्रा गर्दा सजग रहन प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);