पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

प्रकाश नेपाल,
पाल्पा ।
अविरल बर्षाका कारण पहिरो जाँदा पाल्पाका सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत जोरधारा, सिद्दबाबा, सिसुवा, हिँउदेखोला, केराबारी तानसेन नगरपालिका ७ बर्तुङ, बगनासकाली गाउँपालिका ३ धैरेनी, सेरामा, रम्भा गाउँपालिका ३ सितापहाडमा पहिरोका कारण राजमार्ग अवरुद्ध रहेको छ ।

त्यस्तै तानसेन–रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका ११ सम्मोबारीमा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । अविरल वर्षाका बावजुत सडक खुलाउने प्रयास जारी रहेको प्रहरीको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);