पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

सुमन गाहा,
पाल्पा । अविरल वर्षासँगै पहिरो जादा सिद्धार्थ राजमार्गमा यातायात अवरुद्ध भएको छ । पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।

यस्तै तिनाउँ गाउँपालिका २ र ३ को सिद्दबाबा क्षेत्रमा समेत पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको गौडेपुल, पानीमिल, सिद्धबाबा लगायतका क्षेत्रमा लगातार पहिरो झरिरहेको छ । सडक डिभिजन बुटवल र पाल्पाको समन्वयमा सडक खुलाउने प्रयास जारी रहेको छ ।

डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो ।

मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।तीनदिन देखि परेको वर्षातका कारण समेत सडक खुलाउनको लागि समस्या भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);