पाल्पा–बुटवल सडक मर्मतका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पाल्पा–बुटवल सडक मर्मतका लागि बन्द

butwl-palpa road

पाल्पा, १९ जेठ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक मर्मतका लागि बन्द गरिएको छ ।  तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकै खसेको पहिरो पन्छाउन र मर्मत गर्न भन्दै सडक विहान १० बजेदेखि अपरान्ह चार बजेसम्मका लागि बन्द गरिएको हो ।

डिभिजन सडक कार्यालय पाल्पाले काम नसकिएसम्म दैनिकरुपमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सडक बन्द गरिने बताएको छ । तिनाउ गाउँपालिकाको सिद्धबाबा दोभानमा दैनिकजसो पहिरो जाने गरेको छ ।

शुक्रबार विहान खसेको पहिरो हटाएर सडक केहीबेर खुलाइएकामा माथिबाट पुनः पहिरो खस्ने क्रम नरोकिएपछि सडक बन्द गरिएको हो । ठूला–ठूला ढुंगासहितको लेदो माटो खसेर दुर्घटना हुनसक्ने डरले सडक बन्द गरेर पहिरो पन्छाउने काम थालिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चिडियाखोलादेखि दोभानसम्मको सडकमध्ये ३ किलोमिटर सडक पहिरोका दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । यो सडकमा हिउँदयाममा समेत सुख्खा पहिरो जाने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);