सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड चार घण्टाका लागि बन्द | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

पाल्पा, १८ असोज । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा–बुटवल सडकखण्ड बुधबार चार घण्टाका लागि बन्द गरिएको छ। पटक पटक पहिरोका कारण अवरुद्ध हुँदै आएको यो सडक आज मर्मतका लागि १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

ठूला ढुङ्गासहितको धुले पहिरो झरेर पटक पटक अवरुद्ध हुँदै आएको सिद्धबाबा क्षेत्रको बाटो मर्मतका लागि बन्द गर्नु परेको प्रहरीले जनाएको छ।