घण्टौँ हिडेर ल्याएको धमिलो पानी खान बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पाण्डव पुजारा, बैतडी, १८ असोज । बैतडीको दोगडा केदार गाउँपालिका वडा नम्बर १ घोरडी खानेपानी निकै ठूलो समस्या छ । खानेपानीको समस्या हुँदा ८० भन्दा बढी घरधुरी कुवाको पानी खान बाध्य भएका छन् । अव्यवस्थित पानीको मुहान निर्माण गर्नु र पाइपहरु अव्यवस्थित रुपमा बिछ्याइँदा आयोजना बनेर पनि स्थानीयले पानीका लागि सास्ती खेप्नुपरिरहेको छ ।

बैतडीको दोगडा केदार गाउँपालिकाको कफलडामा रहेको पानीको मुहानमा मनपरी छाडिएका पशुचौपायाले मुहानमै पानी पिउने गरेका छन् । पाइपहरुमा प्वाल परेको तथा जताततै काटेर फालेको अवस्था छ । पानीको समस्या हुँदा दोगडा केदार गाउँपालिका घोरडी, कफलडा र सित्तडका बासिन्दा एक घण्टा टाढाबाट कुवाको धमिलो पानी ल्याएर पिउन बाध्य छन् ।

धारामा पानी आउन छाडेपछन कुवाको पानी पिउने गरेको र घर आसपास पानीको मुहान पनि नहुँदा समस्या भएको उनीहरुको दुखेसो छ ।

पाइपहरु सही तरिकाले नबिछ्याउँदा जमिनमाथि देखापरेका कारण टुटेर पानी खेर गएको र सरकारी लगानी ‘बालुवामा पानी’ सरह भएको घोरडीबासी बताउँछन् ।

साविकको रिम गाविसबाट २०५४ सालमा ५५ हजार रुपैयाँ सहयोगमा पानी वितरण गरिएको यो क्षेत्रका बासिन्दाले दुई–तीन वर्षपछि देखि नै पानीका लागि सास्ती व्यहोर्दै आएका छन् । स्थानीय तहमा नवनिर्वाचन जनप्रतिनिधि आएकाले पानीको समस्या समाधानमा पहल हुने उनीहरुको अपेक्षा छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);