डोटीमा खानेपानीको अभाव, स्थानीय दुषित पानी पिउन बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डोटीमा खानेपानीको अभाव, स्थानीय दुषित पानी पिउन बाध्य

khanepani doti

श्रवण देउवा

डोटी, २० बैशाख । डोटीको दुर्गम बडीकेदार गाउँपालिका–३ को बगडामा खानेपानीको अभावमा स्थानीयहरु हैरान छन् । भरपर्दाे पानीको मुहान नहुँदा जनावरदेखि मानिसहरु पनि एकै मुहानको पानी पिउन र प्रयोग गर्न बाध्य छन् ।

डोटीको दुर्गम बिकट गाँउपालिकाहरुमध्ये एक हो बडीकेदार गाउँपालिका । बडीकेदार गाँउपालिका–३ का स्थानीयहरु सडक सञ्जाल लगायत हरेक सेवा सुविधाहरुबाट बञ्चित छन् । पानीको मुलको अभावका कारण स्थानीयहरु र जनावरहरु एउटै मुहानको पानी खान बाध्य छन् । गाँउबाट झण्डै एक घण्टाको दुरीमा एउटा मात्र मुल रहेपछि पशुचौपायादेखि मानवसम्मले फोहोर भएपनि त्यही मुहानबाट पानी खान बाध्य छन् ।

गाँउमा यही एउटा मात्र मुल बाहेक अन्य पानीको श्रोत नरहेकाले १९ घरधुरी रहेको बगडाका स्थानीयहरुले वर्षौदेखि किरा, माछासँगै धमिलो पानी पिउँदै आएका छन् । बगेडामा खानेपानी पुर्‍याउन पहलहरु भईरहेको बडीकेदार गाँउपालिका–३ का वडा अध्यक्ष लिलाधर सापकोटाले जानकारी दिनुभयो ।

खानेपानी मानव जीवनको आधारभुत आवश्यकतामध्यको एक हो । तर डोटी बगडाका स्थानीयहरुले भने त्यो आफ्नो आधारभुत आवश्यकता पनि परिपुर्ति गर्न पाएका छैनन् । जनावर र स्थानीयले एउटै मुहानबाट पानी पिउन बाध्य हुनु यहाँका स्थानीयहरुको लागि एकदम दुर्भाग्य हो । स्वच्छ पिउने पानी नहुनु र गर्मी बढ्दै जानुले अब गाउँपालिकामा झाडापखाला र सरुवाजन्य रोग फैलने सम्भाना बढेको चिकित्सकहरुले चेतावनी दिएका छन् ।

मानव जीवनलाई दैनिक नभई नहुने शुद्ध पिउने पानीको अभाव हुँदासम्म स्थानीय सरकारले केही व्यवस्था गर्न नसक्दा स्थानीय वासिन्दा बाँच्नकै लागि निरीह बन्दै संघर्ष गरिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);