२६ औं विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

२६ औं विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाईयो

world press freedom day

काठमाडौं, २० बैशाख ।  लोकतन्त्र र शान्तिका लागि मिडिया र इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित शुक्रबार २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएकोछ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो । प्रेस स्वतन्त्रता व्यवहारमा नै लागु हुनुपर्ने भन्दै नेपालमा पनि यो दिवस मनाइएको छ ।

प्रत्येक वर्ष मे ३ का दिन संसारभर मनाइने प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि शुक्रबार मनाईएको छ । प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले युएनडिपी र निर्वाचन आयोगसँगको सहकार्यमा प्रेस स्वतन्त्रता दिवस मनाएको छ । शुक्रवार राजधानीमा भएको कार्यक्रममा सञ्चार मन्त्री देखि सञ्चार विज्ञले समेत नेपालमा प्रेस स्वतन्त्रताको पुर्ण ग्यारेन्टी रहेको र यसलाइ हनन गर्ने कुनै मनसाय नभएको समेत बताएका छन् । तर यसै साल पनि नेपालमा पत्रकारमाथि पक्राउ,धरपकड,धम्की आदि हुने गरेकोले समाचार लेखेकै भरमा यस प्रकारका हरकत नहुन भनेर विज्ञहरुले माग गरेका छन ।

नेपालको संविधानको प्रस्तावना मै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको भएपनि नेपालमा भने बिभिन्न बहानामा प्रेस माथि अंकुश लगाएको विज्ञ सञ्चारकर्मीहरुले बताएका छन ।

लोकतन्त्र स्थापनाको लागि नेपालमा सञ्चार माध्याम र पत्रकारको पनि ठुलो भुमिका रहेको छ । लोकतन्त्र र सञ्चार माध्यामको अन्योन्याश्रित सम्वन्ध रहने गर्दछ । प्रेस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्रको पक्षमा पत्रकारहरूले पु¥याएको योगदान अद्वितीय रहेको भन्दै मुलुकमा लोकतन्त्र स्थापना भएको लामो समय वितिसक्दासमेत राज्यले अझै पत्रकारहरूको भौतिक सुरक्षा र व्यावसायिक हक हितमा ध्यान नपु¥याएको बरिष्ठ पत्रकार हरिहर बिहरहीले बताउनुभयो ।

बरिष्ठ पत्रकार विरही मात्र होइन, सो कार्यक्रममा भेला भएका बरिष्ठ अन्य पत्रकारको पनि उस्तै भनाई थियो । प्रेस स्वतन्त्रा दिवसमा गरिएको कार्यक्रममा सञ्चार मन्त्री गोकुल वास्कोटाले पत्रकारलाई पनि जिम्मेवार भएर पत्रकारिता गर्न सुझाव दिनुभयो । उहाँले सच्चा पत्रकारिता गर्न सुझाव दिदै पत्रकारिता गर्न तर पर्चा कारिता नगर्न सुझाव दिनुभयो ।

सोही कार्यक्रममा पुर्वसञ्चार सचिव तथा बर्तमान निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले संचारमाध्यमको संख्यात्मक उपलब्धी भएको तर गुणात्मक फड्को भने मार्न नसकेको बताउनुभएको छ ।

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा धेरै कानुन बने पनि केही यस्ता कानुन पनि छन जसले स्वतन्त्र प्रेसलाई संकुचित समेत बनाउने गरेको छ । कतिसम्म भने २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहिता सम्बन्धी ऐनका विभिन्न दफाले प्रेसलाई संकुचित बनाएको छ ।

प्रेस स्वतन्त्रता सम्वन्धि यस कार्यक्रममा विभिन्न पत्रकारलाइ पुरस्कृत समेत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);