यसरी मनाईयो विश्व प्रेस स्वतन्त्रता दिवस | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

यसरी मनाईयो विश्व प्रेस स्वतन्त्रता दिवस

मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस बुधबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईएको छ ।

यसरी मनाईयो विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस बुधबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाईएको छ ।

सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो ।

यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्द्रित गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशीताबीचको सम्बन्धलाई उजागर गरी मनाईंएको हो । बुधबार नेपाल पत्रकार महासंघले काठमाडौंको बानेश्वरदेखि माइतीघर मण्डलासम्म प्रभात फेरिको आयोजना गर्यो ।

उहाँले पत्रकारहरुले स्वतन्त्ररुपमा कलम चलाउने अवस्था नरहेको भन्दै यसका लागि राज्य गम्भिर हुनुपर्ने बताउनुभयो । एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७० वटा घटना भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाअनुसार सबैभन्दा बढी पत्रकारमाथिको दुव्र्यवहारका १६ वटा घटना भएका छन् ।

पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएको महासंघले जनाएको छ । त्यसैगरी पत्रकारमाथि धम्कीका सात वटा घटना भए भने सञ्चार क्षेत्रमा क्रियाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका सात वटा घटना भएका छन् ।

केही समय सञ्चारमाध्यमको प्रकाशन प्रसारण बन्द गराइएका चार वटा, अवरोधको एउटा, सञ्चारगृहमा आक्रमणका दुई वटा र सञ्चारमाध्यममाथि धम्कीको एउटा घटना भएको महासंघले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);