आज विश्व प्रेस स्वतन्त्रता दिवस, २०७५ साललाई फर्केर हेर्दा... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज विश्व प्रेस स्वतन्त्रता दिवस, २०७५ साललाई फर्केर हेर्दा…

काठमाडौं, २० बैशाख । नेपालको संविधानमा प्रेस स्वतन्त्रताको पुर्ण प्रत्याभुति गरिएको छ । तर, विसं २०७५ लाई नियालेर हेर्ने हो भने यस बर्ष पनि राज्यबाट प्रेस स्वतन्त्रता हनन् गर्ने र पत्रकार पक्राउ गर्ने सम्मका काम भएका छन् । यसैसाल एक जना पत्रकारको हत्या समेत भएको छ भने एकजना वेपत्ता भएका छन् । सवैभन्दा डरलाग्दो कुरा चाँहि यससालमा साइवर अपराधमा पत्रकार पक्राउको बाढी नै आएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सम्वन्धि बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रवार नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता दिवस मनाईरहँदा सार्वजनिक गरिएको रिपोर्टमा २०७५ साल भरि नेपालमा पत्रकार र सञ्चार गृहमा प्रेस स्वतन्त्रता हनन् सम्वन्धि कस्ता कुकृत्य भए भन्ने फेहरिस्त यसमा उल्लेख गरिएको छ ।

२०५६ साल देखि नेपाल पत्रकार महासंघले पत्रकारमाथि हुने गरेको हनन् र हिंशाका घटनाको अभिलेख राख्न सुरुवात गरेको हो । तर यसबर्ष भने पत्रकारमाथि विधुतीय कारोवार ऐन अन्र्तगत कारवाही गर्ने क्रम निकै बढ्यो ।

२०७५सालको तथ्यांकलाई हेर्ने हो भने यस बर्ष प्रेस स्वतन्त्रता हनन्का ६० घटना भएका छन् भने यसमा ७७ जना पत्रकार र ५ वटा सञ्चार संस्था पीडित भएका छन् । कतिसम्म भने मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको कार्यकक्षबाट फर्किने क्रममा लागुऔषध दुर्व्यसनीबाट हत्या भएको छ।

यस्तै, बाजुराका पत्रकार तेजन खड्का बुढीनन्दा तीर्थस्थलबाट फर्कने क्रममा वेपत्ता भएका छन् । यसै बर्ष पत्रकार पक्राउका १२ घटना र पत्रकार माथि दुर्व्यवहारको पनि १२ वटा नै घटना दर्ता भएको छ ।

यस्तै, पत्रकार माथि धम्की १३ तथा आक्रमण सम्वन्धि १५ वटा घटना भएका छन् । समाचार संकलनमा २ वटा र समाचार प्रशारणमा रोक लगाउन ३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यका अनुसार यस बर्ष पनि राज्य पक्षबाट प्रेस स्वतन्त्रता हनन्का घटनामा पत्रकार पक्राउ गर्ने क्रम बढी देखिएको छ ।

नेपालमा अहिले ९सय २४ पत्रपत्रिका, १ हजार ६सय ७० अनलाइन, ८ सय रेडियो र १ सय २५ वटा टेलिभिजन रहेका छन् । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठका अनुसार साइवर अपराधमा मात्र ७६ वटा मुद्धा दर्ता भएका छन् ।

यस्तै हरेक महिना काउन्सिलमा करिव ३५वटा उजुरी आउने गरेका छन् । यसै कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले लेख्ने स्वतन्त्रता मात्र प्रेस स्वतन्त्रताको रुपमा नवुझ्न राज्य र गैरराज्य पक्षलाई आग्रह गरेका छन् ।

यसै कार्यक्रममा बोल्दै सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सरकारले प्रेस स्वतन्त्रता हनन् नगर्ने बताएका छन् । उनले लेखेकै भरमा सरकारले केही नगर्ने प्रतिबद्धता जनाउँदै कसैको पनि चरित्र हत्या नगर्न र लेखेकै भरमा आत्महत्या गर्नुपर्ने वातावरण नवनोस भनेर पत्रकारहरु समक्ष आग्रह समेत गरेका छन् ।

विस २०७५सालको सुक्ष्म विश्लेषण गर्ने हो भने प्रेस स्वतन्त्रताको हननमा कतिपय कानुन नै सहायक सिद्ध भएका छन् । स्थानीय सरकार सञ्चालन सम्वन्धि ऐनका दफा ११ मा एफएम सञ्चालन सम्वन्धि ब्यवस्थामा स्थानीय तहलाई एफएम रेरिडयो खारेजीको अधिकार समेत दिइएको छ ।

यसको अतिरिक्त अनलाइन सञ्चार माध्याममा समाचार लेखेकै भरमा पत्रकारलाई साइबर अपराध सम्वन्धि कसुरमा पक्राउ गर्ने क्रम बढ्नुले पनि नेपाली पत्रकारिकतामा नयाँ चुनौती थपिदिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);