प्रेस स्वतन्त्रता सम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न काँग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रेस स्वतन्त्रता सम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न काँग्रेसको माग

minendra rijal

काठमाडौं, १७ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकोे छ । नेपाली काँग्रेसका नेता एवम् पूर्व सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

आइतबार नेपाल पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन संचारकर्मीहरु पनि सचेत हुनुपर्ने आवश्यकता औंल्याए । संचारकर्मीहरु जिम्मेवारी भए प्रेस स्वतन्त्रता हनन् हुन नसक्ने नेता रिजालको तर्क छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले नयाँ मुलुकी ऐन संशोधन गरेर भएपनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुन नदिन आफूहरु प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले नयाँ मुलुकी ऐनमा संशोधन गर्नुपर्ने विषयबस्तुको ड्राफ्ट तयार पारेर सरकारलाई बुझाउन पनि महासंघसँग आग्रह गरे  ।

नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान पनि समेटिएको दावी गर्दै संशोधन गर्न सरकारलाई दवाव दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);